भारत-पाकिस्तानबीचको त्यो यादगार खेल

भारत-पाकिस्तानबीचको क्रिकेट प्रतिद्वन्दिता विश्वमै चर्चित रहेको छ ।  कुनै समय विश्व क्रिकेटमा पाकिस्तान भारतभन्दा बलियो देखिने गर्थ्यो । त्यसबेला इमरान खान, वसीम अक्रम जस्ता खेलाडीहरूको विश्व क्रिकेट मै दबदबा रेहको थियो ।

स्ट्राइकमा थिए जावेद मियाँदाद, जसले ११३ बल खेलेर ११० रन बनाएका थिए र बलिङ आक्रमणमा थिए चेतन शर्मा, जसले यस खेलमा ३ विकेट लिइसकेका थिए ।

दुवै टीमबीच  शारजाहमा १९८६ मा भएको अस्ट्रलएसिया कपको फाइनल खेल क्रिकेट इतिहासमा निकै सम्झना गर्ने गरिन्छ ।

त्यस खेलमा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निधो गर्यो र निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २४५ रन बनायो । २४६ रनको विजय लक्ष लिएर मैदानमा उत्रिएको पाकिस्तानका ९ विकेट गैसकेका थिए । र, उसले जीतका लागि एक बलमा ४ रन बनाउनु पर्ने थियो ।

स्ट्राइकमा थिए जावेद मियाँदाद, जसले ११३ बल खेलेर ११० रन बनाएका थिए र बलिङ आक्रमणमा थिए चेतन शर्मा, जसले यस खेलमा ३ विकेट लिइसकेका थिए ।

कुनै समय विश्व क्रिकेटमा पाकिस्तान भारतभन्दा बलियो देखिने गर्थ्यो । त्यसबेला इमरान खान, वसीम अक्रम जस्ता खेलाडीहरूको विश्व क्रिकेट मै दबदबा रेहको थियो ।

भारतीय समर्थकहरूमा एक किसिमले उत्साहको वातावरण थियो भने पाकिस्तानका समर्थकहरू निराश भएर स्टेडियम छोड्ने सुर गर्दै थिए ।

चेतन शर्मा त्यो ताका लगातार १५० किमी भन्दा बढी रफ्तारले बल फाल्न सक्ने एकमात्र भारतीय बलर थिए । त्यतिमात्र होइन उनी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो बलर समेत थिए । उनले १९८७ को विश्वकपमा न्युजिल्याण्डविरुद्ध यस्तो रेकर्ड राखेका थिए ।
चेतनको आक्रमण र त्यसको प्रभावकारिताबारे स्टेडियममा उपस्थित धेरै जसो मानिस ढुक्क थिए । तर स्ट्राइकमा रहेका मियाँदाद पनि कम आक्रामक थिएनन् ।

भारतीय समर्थकहरूमा एक किसिमले उत्साहको वातावरण थियो भने पाकिस्तानका समर्थकहरू निराश भएर स्टेडियम छोड्ने सुर गर्दै थिए ।

चेतनले योर्कर बल फाले, सामान्यतया ब्याट्सम्यानहरू यस्ता बल खेल्न निकै सचेत रहन्छन् र बच्ने गर्छन् । भारतीय कप्तान कपिल देवले पनि बाउन्ड्रीमा फिल्डर तैनाथ गरिसकेका थिए ।

उता मियाँदाद भने क्रिज भन्दा केही अगाडि बढी सकेका थिए । चेतनले बल फाले र मियाँदादले अझै अगाडि सरेर त्यस बललाई मिड-अन तिर हुत्याइदिए । बल सिधै बाउन्ड्री पार गयो र भयो छक्का !

कमेन्ट गर्नुहोस्