विश्वकप क्रिकेटः भारतविरुद्ध पाकिस्तानले टस जित्यो

काठमाडौं, असार १ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतविरुद्ध पाकिस्तानले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुँदैछ । पछिल्लो पटक म्यानचेस्टरमा पाकिस्तान विरुद्धको खेलमा भारत ४७ रनले विजयी भएकाे थियो। इंग्ल्यान्डमा भने भारत–पाकिस्तानबीच दुई वर्षपछि खेल हुन लागेको हो। आज टिममा को–कोले पाए मौका? हेर्नुस्–

भारतको टिमः विराट कोहली (कप्तान) महेन्द्रसिंह धोनी, रोहित शर्मा, युजवेन्द्र चहल, केदार जाधव, कुलदीप यादव, केएल राहुल, जसप्रित बुमराह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या र विजय शंकर ।

पाकिस्तान टिमः सरफराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, मोहम्मद हफिज, सोयब मलिक, इमाद वासिम, शादब खान, मोहम्मद आमिर, हसन अली र वाहव रियाज

कमेन्ट गर्नुहोस्