शेयरबजारः दोस्रो घण्टामा ६.०७ अंकले घट्यो नेप्से

काठमाडौं, असार १ । साताको पहिलो दिन नेप्से कारोबार भएको दोस्रो घण्टामा १२ समूहको परिसूचकमा सबैभन्दा बढी निर्जीवन बीमा समूह र लघुवित्त समूहको परिसूचक घट्न पुगेको छ ।

१२ समूहको परिसूचक घट्दा समग्र नेप्से परिसूचक शून्य दशमलव ४८ प्रतिशतले घट्न पुगेको छ ।

यस अवधिमा नेप्से परिसूचक ६ दशमलव शून्य ७ अंकले घट्न पुगेको छ । १ हजार २६९ दशमलव ६० विन्दुबाट शुरु भएको परिसूचक ७ मिनेटसम्म बढेर १ हजार २७१ दशमलव २७ विन्दुसम्म पुगेको थियो । कारोबार भएका १५२ कम्पनीको रू। १७ करोड ८३ लाख बराबरको शेयर कारोबार भएको छ ।

निर्जीवन बीमा समूहको परिसूचक १ दशमलव २४ प्रतिशतले र लघुवित्तको १ दशमलव २६ प्रतिशतले घटेको छ । सो समूहमा कारोबार हुने जनउत्थान सामुदायिक लघुवित्त, उन्नति माइक्रोफाइनान्स, आशा लघुवित्त, नाडेप लघुवित्त, स्वदेशी लघुवित्तको शेयर मूल्य घटेपछि सो समूहको परिसूचक घट्न पुगेको छ ।

कमेन्ट गर्नुहोस्