लोकसेवा आयोग कार्यालयमा तालाबन्दी

जनकपुर, असार १ । लोकसेवा आयोगले निकालेको विज्ञापन फिर्ता नलिएको भन्दै एक समूहले प्रदेश नम्बर २ स्थित महोत्तरीको जलेश्वरमा रहेको लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ।

मधेस अधिकार संघर्ष समितिले तालाबन्दी गरेको हो । आयोगले संविधान विपरीत विज्ञापन गरेको र हालसम्म फिर्ता नलिएकाले कार्यालयमा ताला लगाएको संयोजन समितिका संयोजक सुशील कर्णले बताए। ताला लगाउने क्रममा प्रहरी र समितका सदस्यबीच सामान्य विवाद समेत भएको थियो।

आयोगले विज्ञापन फिर्ता नलिए आन्दोलनलाई अझ कठोर बनाउने भन्दै मासले चेतावनी दिएको छ। यसैबीच ताला करिब एक घण्टा पछि खोलिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्