पाकिस्तानविरुद्ध भारतको उत्कृष्ट प्रदर्शन, रोहितको शानदार अर्धशतक

काठमाडौं, असार १ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध भारतका ओपनर रोहित शर्माले अर्धशतक पूरा गरेका छन् । उनले ६ चौका र २ छक्काको मद्दतमा ३४ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा उनले यसअघिका २ खेलमा एकमा शतक र एक खेलमा अर्धशतक बनाएका थिए । टस हारेर ब्याटिङको निम्तो पाएको भारतले यो समाचार तयार पार्दासम्म १८ ओभरमा बिनाविकेट १०१ रन बनाएको छ । आज टिममा को–कोले पाए मौका? हेर्नुस्–

भारतको टिमः विराट कोहली (कप्तान) महेन्द्रसिंह धोनी, रोहित शर्मा, युजवेन्द्र चहल, केदार जाधव, कुलदीप यादव, केएल राहुल, जसप्रित बुमराह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या र विजय शंकर ।

पाकिस्तान टिमः सरफराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, मोहम्मद हफिज, सोयब मलिक, इमाद वासिम, शादब खान, मोहम्मद आमिर, हसन अली र वाहव रियाज

कमेन्ट गर्नुहोस्