विश्वकपः भारतलाई पहिलो झड्का, अर्धशतक बनाएर राहुल आउट

काठमाडौं, असार १ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो विकेट गुमाएको छ । उसले पहिलो विकेटका रुपमा केएल राहूललाई ५७ रनमा गुमाएको हो । उनलाई पाकिस्तानका वहाब रियाजले २३.५ ओभरमा क्याच आउट गराए । केएल राहूल र रोहित शर्माबीच पहिलो विकेटका लागि १३६ रनको साझेदारी भयो ।

यसअघि अर्का ओपनर रोहित शर्माले अर्धशतक पूरा गरिसकेका छन् । उनले ६ चौका र २ छक्काको मद्दतमा ३४ बलमा अर्धशतक पूरा गरे । जारी विश्वकपमा उनले यसअघिका २ खेलमा एकमा शतक र एक खेलमा अर्धशतक बनाएका थिए । टस हारेर ब्याटिङको मौका पाएको भारतले यो समाचार तयार पार्दासम्म २७ ओभरमा १ विकेट गुमाएर १६० रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्