विश्वकपः पाकिस्तानविरुद्ध रोहितको शानदार शतक

काठमाडौं, असार १ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध भारतीय टिमका ओपनर रोहित शर्माले शतक बनाएका छन् । उनले ९ चौका र ३ छक्काको मद्दतमा ८५ बलमा शतक बनाएका हुन् । जारी विश्वकपमा उनको यो दोस्रो शतक हो ।

याे पनि पढ्नुस  आइपीएलः धोनीबिनाको चेन्नईविरुद्ध रोहितको अर्धशतक पूरा

केएल राहुल ५७ मा आउट
टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो विकेटरुपमा केएल राहूललाई ५७ रनमा गुमायो । उनलाई पाकिस्तानका वहाब रियाजले २३.५ ओभरमा क्याच आउट गराए । केएल राहूल र रोहित शर्माबीच पहिलो विकेटका लागि १३६ रनको साझेदारी भयो । आज टिममा को–कोले पाए मौका? हेर्नुस्–

याे पनि पढ्नुस  पाकिस्तानविरुद्ध भारतको उत्कृष्ट प्रदर्शन, रोहितको शानदार अर्धशतक

भारतको टिमः विराट कोहली (कप्तान) महेन्द्रसिंह धोनी, रोहित शर्मा, युजवेन्द्र चहल, केदार जाधव, कुलदीप यादव, केएल राहुल, जसप्रित बुमराह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या र विजय शंकर ।

पाकिस्तान टिमः सरफराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, मोहम्मद हफिज, सोयब मलिक, इमाद वासिम, शादब खान, मोहम्मद आमिर, हसन अली र वाहव रियाज

कमेन्ट गर्नुहोस्