पाकिस्तानलाई दोस्रो सफलता, १४० रनमा आउट भए रोहित

काठमाडौं, असार १ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको भारतले दोस्रो विकेट गुमाएको छ । उसले दोस्रो विकेटका रुपमा रोहित शर्मालाई १४० रनमा गुमाएको हो । उनलाई पाकिस्तानका हसन अलिले ३८.२ ओभरमा क्याच आउट गराए । केएल राहूल र रोहित शर्माबीच पहिलो विकेटका लागि १३६ रनको साझेदारी भयो ।

केएल राहुल ५७ मा आउट
टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो विकेटरुपमा केएल राहूललाई ५७ रनमा गुमायो । उनलाई पाकिस्तानका वहाब रियाजले २३.५ ओभरमा क्याच आउट गराए । केएल राहूल र रोहित शर्माबीच पहिलो विकेटका लागि १३६ रनको साझेदारी भयो ।  आज टिममा को–कोले पाए मौका? हेर्नुस्–

भारतको टिमः विराट कोहली (कप्तान) महेन्द्रसिंह धोनी, रोहित शर्मा, युजवेन्द्र चहल, केदार जाधव, कुलदीप यादव, केएल राहुल, जसप्रित बुमराह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या र विजय शंकर ।

पाकिस्तान टिमः सरफराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, मोहम्मद हफिज, सोयब मलिक, इमाद वासिम, शादब खान, मोहम्मद आमिर, हसन अली र वाहव रियाज

कमेन्ट गर्नुहोस्