Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विश्वकप क्रिकेटः पाकिस्तानविरुद्ध विराटको अर्धशतक पूरा

काठमाडौंः इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध भारतीय टिमका कप्तना विराट कोहलीले अर्धशतक बनाएका छन् । उनले ३ चौकाको मद्दतमा ५१ बल अर्धशतक बनाएका हुन् । जारी विश्वकपमा काेहलीको यो दोस्रो अर्धशतक हो । एकदिवसीय क्रिकेटमा भने उनको यो ५१औं अर्धशतक हो ।

१४० मा आउट भए रोहित
पाकिस्तानविरुद्ध भारतीय टिमका ओपनर रोहित शर्माले १४० रन बनाए । उनले १४ चौका र ३ छक्काको मद्दतमा ११३ बलमा १४० रन बनाउँदै क्याच आउट भए । रोहितलाई हसन अलिले ३८.२ ओभरमा क्याच आउट गराएका हुन् ।

केएल राहुल ५७ मा आउट
टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो विकेटरुपमा केएल राहूललाई ५७ रनमा गुमायो । उनलाई पाकिस्तानका वहाब रियाजले २३.५ ओभरमा क्याच आउट गराए । केएल राहूल र रोहित शर्माबीच पहिलो विकेटका लागि १३६ रनको साझेदारी भयो ।  आज टिममा को–कोले पाए मौका? हेर्नुस्–

भारतको टिमः विराट कोहली (कप्तान) महेन्द्रसिंह धोनी, रोहित शर्मा, युजवेन्द्र चहल, केदार जाधव, कुलदीप यादव, केएल राहुल, जसप्रित बुमराह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या र विजय शंकर ।

पाकिस्तान टिमः सरफराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, मोहम्मद हफिज, सोयब मलिक, इमाद वासिम, शादब खान, मोहम्मद आमिर, हसन अली र वाहव रियाज

कमेन्ट गर्नुहोस्

%d bloggers like this: