भारत-पाकिस्तान क्रिकेट अपडेट: विराटको नयाँ रेकर्ड

काठमाडौँ, असार १ । विश्वकप क्रिकेटको २२ औं खेलमा भारतका कप्तान विराट कोहलीले एकदिवसीय खेलमा सबैभन्दा चाँडो ११ हजार रन पूरा गर्ने रेकर्ड पूरा गरेका छन् ।

पाकिस्तानसँग खल्ने क्रममा विराटले सचिन तेन्दुलकरको कीर्तिमान ध्वस्त पारेका हुन् ।

विराटले २२२ इनिङहरूमा ११ हजार रन पूरा गरे ।

तेन्दुलकरलाई यो उपलब्धि प्राप्त गर्न २७६ इनिङ्ससम्म प्रतीक्षा गर्नु परेको थियो ।

थोरै इनिङ्समा ११ हजार रन पूरा गर्ने अर्का ब्याट्सम्यान रिकी पोन्टिङ् (२८६ पारी) र सौरव गांगुली (२८८ पारी) रहेका छन् ।

धोनी एक रनमै आउट 

यसैबीच भारतको चौथो विकेट पतन भएको छ । एमएस धोनी एक रनको निजि स्कोरमा मोहम्मद आमिरको बलमा आउट भए ।
भारतले ३०० रन पूरा गरिसकेको छ । उसले अझै ४ ओभर खेल्न बाँकी छ ।

कमेन्ट गर्नुहोस्