Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पाकिस्तानले पायो ३३७ रनको लक्ष्य, विराटको नयाँ कीर्तिमान

काठमाडौं, असार १ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ३३७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३३६ रन बनायो । उसका लागि रोहित शर्माले १४ चौका र ३ छक्काको मद्दतमा ११३ बलमा १४० रन बनाए ।

यस्तै  कप्तान विराट कोहलीले ६५ बलमा ७७, केएल राहुलले ७८ बलमा ५७, हार्दिक पाण्ड्याले १९ बलमा २६, महेन्द्रसिंह धोनीले २ बलमा १ रनको योगदान दिए । विजय शंकर १५ र केदार जाधव ९ रनमा नट आउट रहे । बलिङमा पाकिस्तानका मोहम्मद आमिरले ३, हसन अलि र वाहब रियाजले एकएक विकेट लिए ।

विराटले बनाए नयाँ कीर्तिमान
विश्वकप क्रिकेटको २२ औं खेलमा विराट कोहलीले एकदिवसीय खेलमा सबैभन्दा चाँडो ११ हजार रन पूरा गर्ने रेकर्ड पूरा गरेका छन् । पाकिस्तानसँग खेल्ने क्रममा विराटले सचिन तेन्दुलकरको कीर्तिमान ध्वस्त पारेका हुन् । विराटले २२२ इनिङमा ११ हजार रन पूरा गरे । तेन्दुलकरलाई यो उपलब्धि प्राप्त गर्न २७६ इनिङ्ससम्म प्रतीक्षा गर्नु परेको थियो । आज टिममा को–कोले पाए मौका? हेर्नुस्–

भारतको टिमः विराट कोहली (कप्तान) महेन्द्रसिंह धोनी, रोहित शर्मा, युजवेन्द्र चहल, केदार जाधव, कुलदीप यादव, केएल राहुल, जसप्रित बुमराह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या र विजय शंकर ।

पाकिस्तान टिमः सरफराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, मोहम्मद हफिज, सोयब मलिक, इमाद वासिम, शादब खान, मोहम्मद आमिर, हसन अली र वाहव रियाज

कमेन्ट गर्नुहोस्

%d bloggers like this: