फेरि कतिले बढ्यो सुनको भाऊ ?

काठमाडौं, असार २ । साताको दोस्रो दिन सोमबार बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला सुनको मूल्य ६३ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला सुनको मूल्य ६३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, आइतबार तेजावी सुनको मूल्य ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर प्रतितोला सुनको मूल्य ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, सोमबार भने चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

आइतबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्