भारतमा ‘प्रवासी ज्यावन समाज’ गठन, अध्यक्षमा धामी चयन

काठमाडौं, असार २ । बझाङ घर भएका ज्यावन समुदायका व्यक्तिहरुको सहभागितामा भारतको बैंग्लोरमा ‘प्रवासी ज्यावन समाज’ गठन गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी गंगलाल धामीको अध्यक्षतामा समिति गठन गरिएको हो । कार्यक्रमबाट समाजको उपाध्यक्षमा प्रितम धामी, सचिवमा लोकेन्द्र गुर्धामी, सह–सचिवमा गणेश महत, कोषाध्यक्षमा मकर जाग्री र सह–कोषाध्यक्षमा दिपक धामीलाई चयन गरिएको छ ।

यस्तै, सदस्यमा विरेन्द्र धामी, लक्ष्मण धामी, जगत धामी र रामबहादुर धामीलाई चयन गरिएको समितिका अध्यक्ष गंगलाल धामीले जानकारी दिए । उनका अनुसार ‘ज्यावन प्रवासी समाज’ को सल्लाहकार समितिसमेत गठन गरिएको छ । सल्लाहकार समितिमा दिपक धामी, धनबहादुर गुर्धामी, रमित धामी, लक्ष्मण धामी, गोपाल गुर्धामी, ज्ञानबहादुर धामी र चक्र धामीलाई चयन गरिएको छ ।

समितिको नवगठित समूहलाई बैठकमा उपस्थित भएका व्यक्तिले शुभकामना एवं बधाई दिएका थिए । समितिका अध्यक्ष धामीले आफूलाई अध्यक्षको जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिए । साथै, उनले एकअर्कासँग सहकार्य गर्दै समितिलाई बजबुत बनाउने बताए । हातेमालो गर्दै अगाडि बढेर प्रवासमा रहेका नेपालीका समस्या समाधान गर्न अध्यक्ष धामीले सबैलाई अनुरोधसमेत गरे ।

प्रवासमा रहेका नेपालीका समस्या समाधान गर्न समिति लागिपर्ने उनकाे भनाई छ । अध्यक्ष धामीले भने, ‘समिति गठन गर्नुमा कुनै स्वार्थ छैन । यसको उद्देश्य भनेको रोजगारीका लागि बैंग्लोरमा आएका ज्यावन समुदायका व्यक्तिहरुको समस्यालाई संयुक्तरुपमा समाधान गर्न सजिलो होस् भन्नाका लागि हो ।’

 

कमेन्ट गर्नुहोस्