पूर्वराजा शाह स्वदेश फिर्ता

काठमाडौं, असार २ । गएको जेठको पहिलो हप्ता थाइल्याण्ड गएका पूर्व राजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता भएका छन् । उनी पूर्व महारानी कोलमराज्यलक्ष्मी शाहसहित थाइल्याण्ड गएका थिए ।

उनीहरु फुकेटमा अध्ययनरत नातिनी पूर्णिकाको ग्र्याजुएसन तथा उच्च शिक्षाको निरन्तरताको अवसरमा अभिभावकीय उपस्थितिका लागि गएका थिए । झण्डै एक महिनाको बसाईपछि पूर्व राज दम्पती सोमबार नेपाल फर्किएका हुन् ।

कमेन्ट गर्नुहोस्