वेस्ट इन्डिज र बंगलादेश भीडन्त: कसको पलडा भारी

आइसीसी विश्वकप क्रिकेट २०१९ को २३ औं खेल वेस्टइन्डिज र बंगलादेशबीच आज खेलिंदै छ । वेस्टइन्डिज दुई पटकको विश्व च्याम्पियन हो भने श्रीलंकाले एक पटक विश्व विजेता हुने अवसर प्राप्त गरिसकेको छ ।

कसको सम्भावना कस्तो?

आइसीसीको एकदिवसीय वरियता हेर्ने हो भने वेस्टइन्डिज अहिले सातौं नम्बरमा छ भने बंगलादेश आठौंमा । यसो हेर्दा दुवै टीम बराबर शक्तिशाली देखिन्छन् ।

यदि परस्पर प्रतिस्पर्धाको कुरा गर्ने हो भने हालसम्म दुवै टीमबीच ३४ एकदिवसीय खेल भएका छन् जसमध्ये २१ मा वेस्ट इन्डिजले, ११ मा बंगलादेशले जीत हात परेको छ भने २ खेल बिना कुनै नतिजा रहेका छन् ।

विश्वकपका खेलहरूको कुरा गर्ने हो भने हालसम्म बंगलादेशले ३२ खेल खेलेको छ जसमा उसले ११ मा जीत हासिल गरेको छ भने २० मा हारको सामना गरेको छ । यसमा ए खेल बराबरीमा र दुई खेल बिना नतिजा टुंगिएका थिए ।

त्यस्तै वेस्ट इन्डिजले खेलेका ७१ खेलमा ४६ मा जीत, २७ मा हारको सामना गरेको छ । उसको १ खेल बराबरीमा र एक खेल बिना नतिजा टुंगिएको थियो ।

कमेन्ट गर्नुहोस्