बझाङमा जीप दुर्घटनाः ९ को मृत्यु, ४ जना घाइते

बझाङ, असार २ । बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । यस्तै ४ जना गम्भीर घाइते भएका छन् । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु भएको सनाखत हुन सकेको छैन । घाइतेहरुको उद्दार जारी छ । जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको र मानिस जान नसक्ने भएकाले उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्