Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

देश किन बिग्रियो ?

उत्सब बजगाईं ,
नेपाल आमाको पहिचानत्व झल्काउने २०८ राष्ट्रहरु मध्येको नमूना अंश हो । प्यारो मातृत्वको भूमि नेपाल । शहिद र विरताको स्पर्श र त्यागको योगदान हो नेपाल । १२५ जातजाति र १२३ भाषा भाषी र ३६ वर्ण नेपालीको साझा फुलवारी सत्यता र न्यायको बगैंचा हो नेपाल ।

नेपाल आमाप्रतिको अस्थिरताको बयान र टिका टिप्पणी गर्ने, नैतिकता त छैन ममा तर यस राष्ट्रको उच्च सिंहासनमा राजगद्दी चलाएर भष्टाचारको चप्पल लगाएर विकास एजेण्डाको प्रतिनिधित्व गर्छु भन्ने आश्वासन दिदै मुसाको चालमा विरोला तर्साउने रणनीति बुनेका मुखिया र जरजिरहरु प्रति औंला उठाउने अधिकार नागरिकत्वको हिसावले ममा पनि हुनै पर्छ । यसमा कुनै दुईमत छैन होला ।

अन्यायको विरुद्ध ढोल बाजा बजाउँदै निर्दोष र एक कुशल देश प्रेमताको र मानवतावादको प्रतिनिधित्व गर्ने नागरिकको अल्पायुमा मृत्युवरण गर्नुपर्ने कहिलेसम्म जवाफ देउ मेरो देशको सरकार ? युवा जनशक्ति बिहारी देशमा गुलामी गर्न बाध्य छन ।मास्टर पढेको शैक्षिक योग्यतालाई खाडीको ५० डिग्री सँग तुलना गर्न बाध्य छन ।

देश युवाले हैन बृद्द चलाय ,शिक्षितले हैन अशिक्षित ले राजगद्दी चलाए । राम्रो सँग राजनितिज्ञ शास्त्र नबुझेकाले देश बिकास गर्छु भन्ने भ्रम को खाता तय गरे । देशलाई बिकासको हैन अन्धकारको पिटघेरामा रुम्लाए । जनताको रगत पसिनाको मुल्यलाई खुलेयाम बलात्कृत गरी भष्ट्रचारको बिऊ जगाए । बाहिरी देशको इशारामा चलि बर्षैपिछे आर्थिक बृद्दीदर घटाए र देशलाई कमजोर बिकासोन्मुख र गरिबी मुलुक भनी चिनाए ।

आन्दोलनमा गएर आफ्नो-आफ्नो स्वार्थ बोक्नेहरूले रोटी सेक्न थाले । राजावादीहरु, राजा आउ भन्नेहरु धर्मको कुरा गर्न थाले । जातीय वितृष्णा फैलाउनेहरु सडकमा जान थाले । असम्बन्धितहरु पनि गए, ‘चाहिने/नचाहिने सबै तत्वहरु मिसिए । अवाञ्छित तत्वहरु मिसिए ।

भाको उधोग घन्दा र स्रोत साधन बेची बैक ब्यालेन्स बढाए । अपराधी ,बलात्कारी र भष्ट्रचारीलाई सजाय हैन स्वतन्त्रताको रिट दिए ।न्यायलय को सिँहासनमा नै नालायकको बस्ती बसाए त !देश कसरी बिकास होस त ? अनियमिताले उम्लिएको मेरो देशमा ! कठै ? सुनको कचौरा बोकि भिक मागिरहेको मेरो देश !

कठै ?१८वर्षिया युवती महिला सिटमा बस्छिन , अस्पताल हिँडेका बिरामी बाजे ढोकामा झुन्डिन्छन; हामीले त्यस्लाइ ‘महिला अधिकार’ को नाम दियौं। हिन्दु संस्कारमा जन्मेर गाई खाने हुन्छ , हामीले त्यस्लाइ ‘धर्म निरपेक्षता’ को नाम दियौँ। बाहुनको छोरोले परिक्षामा ९० ल्याउदै गर्दा ६० ल्याउने जातकै आधारमा सिट पायो’ , त्यसलाई ‘आरक्षणको’ नाम दियौ।

संस्कारी बनाउला भनेकी छोरी , ‘मेरो शरीर नाङ्गो होइन , तिम्रो नजर बाङ्गो हो’ भन्न थाल्छे हामीले त्यस्लाइ ‘स्वतन्त्रता’ को नाम दियौं । यो सबैलाइ हामिले ‘परिवर्तन’ को नाम दियौं तर त्यो परिवर्तन होइन, ‘अराजकता’ थियो । अराजकताले ‘विकास’ होइन ‘विकृती’ भित्र्यायो अनि हामि प्रश्न गर्दै हिड्यौँ ,”देश किन बिग्रियो” ????

कमेन्ट गर्नुहोस्

%d bloggers like this: