गुठी विधेयकबारे स्टाटस लेख्दा विजय लामाले पाएनन् जापान जान

काठमाडौं, असार ३ । सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेका कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट बञ्चित भएको छन् । निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका हुन् ।

आगामी भदौ १२ देखि जापानको ओासाका उडानको तयारी गरिरहेको निगमले अध्यक्ष खरेल, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र पाइलट लामालाई सोमबार जापान पठाउन लागेको थियो ।

निगमका एक उच्च अधिकारीका अनुसार तीनै जनाको होटल र टिकटसमेत बुकिङ भइसकेको थियो । पाइलट लामाले आफ्नो फेसबुकमा सरकारले ल्याएको गुठी विद्येयकविरुद्ध स्टाटस लेखेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्