प्रधानाध्यापकको कुटाइबाट ६ जना विद्यार्थी घाइते

सर्लाही, असार ३ । शिक्षकको कुटाइबाट सर्लाहीको बरहथवा नगरपालिका–१ हजरियामा छ जना विद्यार्थी घाइते भएका छन् । बागमती सामुदायक विद्यालयका कक्षा १ देखि ३ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाइ सोही विद्यालयका प्रधानाध्यापक महेन्द्रप्रसाद रायले सोमबार बिहान बेहोस हुने कुटपिट गरेका थिए। प्रअ रायको कुटाइबाट कक्षा ३ मा पढने छात्र १० वर्षीय संजिप सहनी बेहोस भएका छन् भने उनीसँगै पढ्ने अरु पाँच जनाको शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको छ।

बिहान प्रार्थना गर्न सिधा लाइन नबसेको भन्दै प्रअ यादवले विष्णुधर सहनी, गजेन्द्र सहनी, राजकिश्वर सहनी, कैलास सहनी र तेतरीदेवी सहनीलाइ लाठ्ठिले कुटेर घाइते बनाएको वरहथवा नगरपालिका–१ का वडा अध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिए । घाइते मध्य बेहोस भएका संजिप सहनीको बरहथवामा रहेको भेनस हेल्थ कियस सेन्टरमा उपचार भैइरहेको छ । अन्य सामान्य उपचारपछि घर फर्किएका छन् ।

प्रअ यादवले अनुसाशन कायम गराउन बिहान लाइन राख्ने बेला सामान्य मात्र कुटेको तर त्यसरी बेहोस हुने गरी नकुटेको दावी गरेका छन्। कमजोर बिधार्थी भएकाले गर्मीको कारण बेहोस भएको उनको भनाइ छ।घरबाट विद्यालयका पढन गएका छोराछोरीमाथि निर्घात कुटपिट गर्ने शिक्षकलाई कार्वाही गर्नुपर्ने अभिभावकले माग राखेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्