देशभरका चलचित्र हलमा ‘झट्का’ प्रदर्शनमा

काठमाडौं, असार ३ । नेपाली चलचित्र ‘झट्का’ जेठ ३१ गतेदेखि देशभरका विभिन्न हलमा प्रदर्शन भइरहेको छ । चलचित्र पछिल्लो पुस्ताका समय युवाहरुलाई समेटेर निर्माण गरिएको बताइएको छ ।

चलचित्रमा विषेश गरी मेरी बास्सैका ‘दाह्री बा (सुरवीर पण्डित)लाई मुख्य भूमिकामा देख्न सकिन्छ । जसमा रमेश बिसुंखेको कथा, पटकथा र संवाद तथा निर्देशन रहेको फिल्ममा रात्री जीवनको कथा प्रस्तुत गरिएको छ ।

जेठ ३१ गते प्रदर्शन भएको चलचित्र ‘झट्का’मा सुरविर पण्डित, श्यामलाल श्रेष्ठ, मनिता श्रेष्ठ, रक्षा गुरागाईं, ईश्वर गुरुङ, उमेश बिसुङ्खे लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

फिल्मलाई रमेश बिसुङ्खे निर्देशन गरेका हुन् । उनकै कथामा फिल्म बनेको हो । उनले सुरविरलाई अन्य फिल्ममा भन्दा पृथक भूमिकामा प्रस्तुत गरिएको बताए । उनको भूमिकाले दर्शक सरप्राइज हुने निर्देशक रमेशको भनाई छ । फिल्मले काठमाडौंको रात्री जीवनको कथा वाचन गरेको छ ।

जीवन पराजुलीले छायाँकन गरेको यो फिल्मका निर्माता तुलसीलाल नेवा हुन् भने, कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् ।

दाह्रीबा (सुरवीर पण्डित)ले चलचित्र भरपुर मनोरञ्जनले भरिएकाले दर्शकले रुचाउने अपेक्षा गरेको बताए। उनले भने– ‘चलचित्र भरपुर मनोरञ्जनले भरिएको छ र केही सन्देश पनि बोकेको छ।’

चलचित्रका निर्माता तलुसीलाल नेवाले चलचित्र निर्माण गर्ने आफ्नो पूरानो रुची रहेकाले ‘झट्का’ निर्माण गरिएको बताए । चलचित्रमा पछिल्लो समयको कथावस्तु रहेकाले दर्शकले रुचाउने आशा गरेको बताए ।

त्यसैगरी, चलचित्रका नायक श्याम श्रेष्ठले– चलचित्रले पछिल्लो पुस्तालाई समेट्न खोजेको छ । चलचित्र हेरेर दर्शकले मनग्य मनोरञ्जन लिन सक्ने छन् । त्यसैले यो चलचित्र हेरेर केही सन्देश र मनोरञ्जन लिन आम दर्शकसँग आग्रह गर्दछु ।

कमेन्ट गर्नुहोस्