विश्वक क्रिकेटः आज इंग्ल्याण्ड र अफगानिस्तान खेल्दै

काठमाडौं, असार ३ । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र अफगानिस्तान भिड्दै छन् । यी दुई टिमबीचको खेल ओल्डट्राफोर्डमा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुँदैछ । अफगानिस्तानविरुद्ध जीत निकाल्दै इंग्ल्यान्ड आफ्नो उत्कृष्ट लयलाई कायम राख्न चाहन्छ । तर, कप्तान इओन मोर्गन र ओपनर जेसन रोयको चोटले भने इंग्ल्यान्डलाई धक्का लागेको छ ।

यी दुई मध्ये रोय आजकाे खेलमा उपलब्ध नहुने पक्का भइसकेको छ । कप्तान मोर्गन पनि खेल्ने–नखेल्ने टुंगो लागिसकेको छैन । रोय र मोर्गन  वेस्ट इन्डिजविरुद्धको खेलमा घाइते भएका थिए । इंग्ल्यान्ड ६ अंकका साथ तालिकाको चौथो स्थानमा छ। अफगानिस्तान भने तालिकाको पुछारमा छ । आज म्यानचेस्टरको ओल्ड ट्राफोर्ड मैदानको बाउन्ड्री ठूलो भएकाले ब्याट्सम्यानभन्दा बलरलाई फाइदा हुने देखिन्छ । यही मैदानमा भारतले पाकिस्तानविरुद्ध ३३६ रन बनाएको थियो ।

कमेन्ट गर्नुहोस्