लगातार बढेको सुनको भाऊ कतिले घट्यो ?

काठमाडौं, असार ३ । साताको तेस्रो दिन मंगलबार बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला सुनको मूल्य ६३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, सोमबार तेजावी सुनको मूल्य ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, मंगलबार पनि चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

सोमबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्