साडीमै सजिलो लाग्छ भन्छिन्ः अभिनेत्री करिश्मा

काठमाडौं, असार ३ । नायिका तथा समाजवादी पार्टी नेपालकी नेतृ करिश्मा मानन्धरले आफूलाई साडीमै सजिलो लाग्ने बताएकी छन् ।

नायिका मानन्धरको आफ्नो अनुभवमा सारी लगाउँदा सजिलो भएको बताएकी छन् । उनी भन्छिन्– ‘अहिले इलेक्ट्रोनिक मिडियाले गर्दा फेसनबारे सबैलाई थाहा हुन्छ । आफूलाई जस्तो सुट हुन्छ, त्यही गर्ने हो । जे कम्फर्टेबल हुन्छ, त्यही लगाउने हो । जे सजिलो हुन्छ, म त त्यही लगाउँछु । मलाई साडी एकदम मनपर्छ ।’

नायिका मानन्धरले आफूले फिल्म खेल्दा पनि साडीमा नै देखिएको बताउँदै कतिपयले भने साडी लगाउँदा शरीर एक्सपोज गरेको भनेको नयाँपत्रिका दैनिकमा समाचार छ । उनले भनिन् ‘आफूलाई सुहाउँछ भने लगाउँने हो । अफ्रिकाको कतिपय ठाउँमा लुगै नलगाउँदा पनि भएको छ । लुगा लगाउँदा भद्दाचाहिँ देखिनु भएन ।’

साडी पहिरनुको राजबारे मानन्धर यस्तो भन्छिन्, ‘साडी यस्तो ड्रेस हो, जसमा सम्पूर्ण रुपमा छोपिएर पनि आफूलाई ‘एक्सपोज’ गर्न सकिन्छ । अन्य पोसाकमा यो गुण हुँदैन । साडीले सौन्दर्यलाई झनै परिष्कृत गर्दछ । मान्छेलाई केले बढी अपिल गर्छ भन्ने हो । महिला सौन्दर्यको प्रतिमूर्ति हो । हरेकले इज्जतको नजरले हेर्नुपर्छ । साडी लगाउँदा सौन्दर्य थप निखारिन्छ ।’

महिलाले छोटा कपडा लगाएकाले बलत्कार बढेको हो भन्ने प्रसङगमा मानन्धर यस्तो भन्छिन् ‘त्यो मानसिक बिमारीको कुरा हो । आपराधिक प्रवृत्ति भएकासँग मानसिक समस्या हुन्छ’ । उनीहरुले अपराध गरेर ‘इन्जोय’ लिन्छन् । त्यसकारण यस्ता कुतर्कको साहारा लिन्छन् । आपराधिक मानसिकता भएकाले साडी लगाए पनि त्यही नजरले हेर्छन् । त्यसकारण फेसन र अपराधको सम्बन्ध छैन । मैले एउटा नयाँ गीतमा पनि साडी नै लगाएकी छु ।’

कमेन्ट गर्नुहोस्