दोस्रो घण्टामा नेप्सेमा १.५५ अंकले बढ्यो

काठमाडौं, असार ३ । नेप्से कारोबार भएको दोस्रो घण्टामा १ दशमलव ५५ अंकले बढेर १ हजार २६२ दशमलव ४५ विन्दुमा पुगेको छ ।

१ हजार २६१ दशमलव शून्य ५ विन्दुबाट शुरु भएको परिसूचक डेढ घण्टामा १ हजार २६३ दशमलव ५६ विन्दुसम्म पुगेको थियो । यस अवधिमा नेप्से १ हजार २६२ दशमलव ४५ विन्दुमा पुगेको छ ।

यस अवधिमा कारोबार भएको १३८ कम्पनीको रू। १२ करोड २४ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका ११ समूहको परिसूचकमा सात समूहको परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ ।

कमेन्ट गर्नुहोस्