सदनमा बोल्न नपाएपछि पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री

काठमाडौँ, असार ३ । संसदमा भएको अवरोधका कारण आफ्नो कुरा सदनसमक्ष राख्न नपाएका प्रधानमन्त्री केपी ओलीले पत्र्त्कार सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

प्रधानमन्त्रीले मंगलबार अपरान्ह ५ बजे पत्रकार सम्मेलनमार्फत आफ्नो नौ दिने युरोप भ्रमण र गुठी विधेयकमाथि उठेका विवादबारे आफ्नो धारणा राख्ने भएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सभापति शेरबहादुर देउबाले पहिला बोल्न पाउनुपर्ने माग राख्दै रोष्ट्रम घेराउ गर्न पुगेपछि प्रधानमन्त्रीले आफ्नो सम्बोधन गर्न पाएका थिएनन् ।

प्रधानमन्त्रीको सम्बोधनबारे प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्रीले अपरान्ह ५ बजे सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्ने जानकारी दिएका हुन् ।

 

 

कमेन्ट गर्नुहोस्