लोकसेवा अनलाइनको सर्भरमा यस्तो समस्याः म्याद सकिन लाग्दा समेत आवेदन भर्न सकिएन

काठमाडौं, असार ३ । लोकसेवा आयोगको सर्भरमा समस्या देखिँदा स्थानीय तहका लागि आवेदन दिने आवेदक मर्कामा परेका छन्।

स्थानीय तहका लागि आवेदन भर्ने म्याद सकिन लाग्दा समेत आयोगको अनलाईन आवेदन पोर्टलमा समस्या देखिएको हो ।

अनलाइन फर्म भर्न आयोगेले तोकेको वेवपेजमा तीनदिनदेखि प्रयास गर्दा पनि लगइन हुन नसकेको पीडितको गुनासो छ । आयोगको अनलाईन सिस्टम कतिबेला लगइन नै नहुने, कतिबेला लोड नहुने सम्या देखिएको पीडितको गुनसो छ रहेको खबर नागरिक दैनिकमा छ । आयोगका सूचना अधिकारी देविप्रसाद सुवेदीले अन्तिम समयमा आवेदक बढेपछि फर्म बुझाउन समस्या भएको गुनोसो प्राप्ता भएको बताए ।

याे पनि पढ्नुस  १ वर्षसम्म लोकसेवामा पदपूर्ति रोकिने व्यवस्था निश्चित

‘लोकसेवाको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिले निर्देशन दिएपछि के हुन्छ भन्ने अन्योलका कारण पनि पहिले धेरैको आवेदन आएन,’ उनले भने ‘अहिले आवेलन भर्नेको संख्या बढिरहेको छ।, एकैपटक धेरैले लगइन गर्दा समस्या भएको हो ।’ सुवेदीका अनुसार हाल झण्डै ६० हजार भन्दा बढी निरन्तर छ।

कमेन्ट गर्नुहोस्