विश्वकप क्रिकेट: टस जितेर इङ्ल्याण्डले गऱ्यो ब्याटिङ गर्ने निर्णय

काठमाडौँ, असार ३ । इङ्ल्याण्डमा जारी विश्वकप क्रिकेटको २४ औं खेलमा इङ्ल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

हाल विश्व क्रिकेटको सबैभन्दा शक्तिशाली टीम तथा जारी विश्वकपको सशक्त दाबेदार मानिएको इङ्ल्याण्ड र अफगानिस्तानबीचको यस खेलमा अफगानिस्तान तुलनात्मक रूपमा निकै कम्जोर देखिए पनि ऊ वर्तमान समयमा निरन्तर आफ्नो प्रदर्शन सुधार्दै लगिरहेको टीम हो ।

यति हुँदा हुँदै पनि उसले टस हारेर पहिले बलिङ् गर्नुले इङ्ल्याण्डले आज रेकर्ड स्कोर बनाउन सक्ने आकलन क्रिकेट पण्डितहरूले गरेका छन् ।

विश्वकप अंकतालिकामा इङ्ल्याण्ड ४ खेलमा ३ जीत र १ हारका साथ चौथो स्थानमा रहेको छ भने अफगानिस्तानले खेलेका सबै ४ खेल हारिसकेको छ ।

यस्तो छ अंकतालिका:

 

कमेन्ट गर्नुहोस्