Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

लोकसेवाको आवेदन भर्ने म्याद थप (सूचनासहित)

काठमाडौँ, असार ३ । लोकसेवा आयोगले विभिन्न स्थानीय निकायमा पदपूर्ति गर्न जारी गरेको विज्ञापनको फर्म भर्ने म्याद असार १० गतेसम्मका लागि थप भएको छ ।

अनलाइन फर्म भर्न सर्भरमा समस्या आएर सर्भर नै नचल्ने भएपछि लोकसेवा आयोगको मंगलबार बसेको बैठकले एक हप्ता म्याद थप गर्ने निर्णय गरेको हो ।

उक्त विज्ञापनका लागि फर्म भर्ने म्याद आज सकिँदै थियो । लोकसेवा आयोगले जारी गरेको सूचना अनुसार उक्त विज्ञापनका लागि दोब्बर दस्तूर तिरेर असार १७ गतेसम्म फर्म बुझाउन सकिने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: