कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु

कपिलवस्तु, असार ३ । जिल्लाको शिवराज नगरपालिका–२ मा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको ज्यान गएको छ । मंगलबार दिउँसो पौडी खेल्ने क्रममा हल्लानगरस्थित सुरई नदीमा डुबेर तीन जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा बिजयनगर गाउँपालिकाका अन्दाजी १६–१७ वर्षका आशिष भट्टराई, सोही ठाउँका १८ वर्षीय सुमित सुनार र सोही ठाउँकै १७ वर्षीय निरन्जन भुसाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

याे पनि पढ्नुस  बिरामीको मृत्युपछि आक्रोशित भिडले आक्रमण गर्दा डाक्टरको मृत्यु, २१ जना नियन्त्रणमा

उनीहरु पौडी खेल्नका लागि मंगलबार दिउँसो रहमा गएका थिए। दिउँसो तीन बजे घटना घटेको थाहा पाएपछि वडा प्रहरी कार्यालय कपिलवस्तुको टोली घटनास्थल पुगेपनि उनीहरुको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्