सरकारद्वारा गुठी विधेयक फिर्ता लिएको घोषणा

काठमाडौं, असार ३ । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरेर यो जानकारी दिएकी हुन् ।

‘विधेयकका विषयमा भ्रम सिर्जना गर्ने काम भयो। यसैका आधारमा उत्तेजना बढाउने काम भयो’, मन्त्री अर्यालले भनिन्, ‘सरोकारवालासँग थप परामर्श र छलफल आवश्यक भएकोले विधेयक फिर्ता लिने निर्णय गरिएको छ।’ मन्त्री अर्यालले प्रतिनिधिसभामा दर्ता भएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ फिर्ता लिने जानकारी दिएकी हुन् ।

कमेन्ट गर्नुहोस्