टि–२० विश्वकप छनोटः प्रारम्भिक टोलीमा को–कोले पाए मौका?

काठमाडौं, असार ३ । टी–२० विश्वकप छनोटको एसिया फाइनल खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । पारस खड्काको कप्तानीमा २५ सदस्यको प्रारम्भिक टोली घोषणा गरिएको हो । टोलीमा कप्तान खड्कासँगै ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी रहेका छन्।

त्यस्तै, जितेन्द्र मुखिया, सन्दीप जोरा, सुशान भारी, कुशल भुर्तेल, भीम सार्की, अविनाश बोहोरा, अमित श्रेष्ठ, नन्दन यादव, पवन शर्राफ, राजु रिजाल र शाहब आलमले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन्। नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीअनुसार नेपाली टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि सुरु हुने छ । यो प्रतियोगिता जुलाई २० देखि २८ सम्म सिंगापुरमा हुनेछ।

कमेन्ट गर्नुहोस्