विश्वकपः इंग्लिश कप्तानले तोडे क्रिस गेलको कीर्तिमान

काठमाडौं, असार ३ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डका कप्तान इओन मोर्गनले नयाँ कीर्तिमान बनाएका छन् । उनले विश्वकपकाे एकै खेलमा सर्बाधिक छक्का बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् । मोर्गनले आज अफगानिस्तानविरुद्ध १७ छक्का प्रहार गर्दै क्रिस गेलको कीर्तिमानलाई भंग गरे ।

यसघि सर्बाधिक छक्काको रेकर्ड गेलको नाममा थियो । उनले एकै खेलमा १६ छक्का प्रहार गरेका थिए । आज मोर्गनले १७ छक्का र ४ चौकाको मद्दतमा ७१ बलमा १४८ रन बनाए । उनी जारी विश्वकपमा सर्बाधिक छिटो शतक बनाउने क्रिकेटरसमेत बनाएका छन् । मोर्गनले ५७ बलमा शतक पूरा गरेका थिए ।

कमेन्ट गर्नुहोस्