अफगानिस्तानसामु इंग्ल्याण्डले बनायो रनको पहाड, कप्तानको नयाँ कीर्तिमान

काठमाडौं, असार ३ । कप्तान इओन मोर्गनको उत्कृष्ट प्रदर्शनमा आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डले अफगानिस्तानलाई ३९८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको इंग्लिश टिमले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रन बनायो । जारी विश्वकपमा यो सर्बाधिक ठूलो लक्ष्य हो ।

इंग्ल्याण्डका लागि कप्तान मोर्गनले ४ चौका र १७ छक्काको मद्दतमा ७१ बलमा १४८ रन बनाए । उनले एकै खेलमा सर्बाधिक छक्का बनाउने रेकर्ड पनि आफ्नो नाममा बनाउन सफल भए । यसअघि यो कीर्तिमान क्रिस गेलको नाममा थियो ।

इंग्ल्याण्डका लागि विशाल रन बनाउन जोनी बेरिस्टोले ९०, जो रुटले ८८, जेम्स विन्सले २६ र मोइन अलिले नट आउट ३१ रन बनाए । बलिङमा गुलबिन्दन नाइब र दवाल्ट जर्दानले ३–३ विकेट लिए ।

कमेन्ट गर्नुहोस्