विश्वकप क्रिकेटः इंग्ल्याण्डविरुद्ध शाहिदीको अर्धशतक

काठमाडौं, असार ३ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्डविरुद्ध अफगानिस्तानका हशमतुल्लाह शाहिदीले अर्धशतक पूरा गरेका छन् । उनले ३ चौका र २ छक्काको मद्दतमा ६८ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा उनको यो दोस्रो अर्धशतक हो । यसअघि शाहिदीले न्यूजिल्याण्डविरुद्ध अर्धशतक बनाएका थिए । अफगानिस्तानले आज ३९८ रनको विशाल लक्ष्य पछ्याइरहेको छ ।

टस हारेर ब्याटिङको मौका पाएको इंग्लिश टिमले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रन बनायो । जारी विश्वकपमा यो सर्बाधिक ठूलो लक्ष्य हो । इंग्ल्याण्डका लागि कप्तान मोर्गनले ४ चौका र १७ छक्काको मद्दतमा ७१ बलमा १४८ रन बनाए । उनले एकै खेलमा सर्बाधिक छक्का बनाउने रेकर्ड पनि आफ्नो नाममा बनाउन सफल भए । यसअघि यो कीर्तिमान रोहित शर्मा, एबी डि विलियर्स, क्रिस गेलकाे नाममा थियो । उनीहरुले समान १६ छक्का बनाएका थिए ।

इंग्ल्याण्डका लागि विशाल रन बनाउन जोनी बेरिस्टोले ९०, जो रुटले ८८, जेम्स विन्सले २६ र मोइन अलिले नट आउट ३१ रन बनाए । बलिङमा गुलबिन्दन नाइब र दवाल्ट जर्दानले ३–३ विकेट लिए ।

 

कमेन्ट गर्नुहोस्