जापानविरुद्ध चिलीको शानदार जित

काठमाडौं, असार ४ । कोपा अमेरिका फुटबलमा साबिक च्याम्पियन चिलीले एसियन जाइन्ट जापानविरुद्ध शानदार जीत हासिल गरेको छ । शानदार सुरुवात गर्ने क्रममा चिलीले मंगलबार जापानलाई ४–० ले हराउन सफल भयो । पहिलो जित निकालेको चिली उरुग्वेलाई पछि पार्दै शीर्ष स्थानमा छ । समूहमा चिली र उरुग्वेले विजयी सुरुवात गर्दा जापान र इक्वेडर भने पराजित भए ।

दक्षिण अमेरिकी फुटबलको उत्सवका रूपमा रहेको कोपा अमेरिकामा एसियन टिम जापान आमन्त्रित टिमका रूपमा सहभागी भइरहेको छ । जापान सम्मिलित समूह ‘सी’ मा साबिक च्याम्पियन चिलीले उद्घाटन खेलमा आफ्नो रवाफ प्रस्तुत गर्‍यो । चिलीको जितमा एरिक पुल्गर, एडुएर्डो भार्गास र एलेक्स सान्चेजले गोल गर्दै टिमका लागि गतिलो सुरुवात दिए ।
टिमका लागि चौथो गोल ८३औँ मिनेटमा भार्गासले नै सम्भव बनाए । व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दा जापान खेलमा एकपक्षीय हारको सिकार भयो ।

कमेन्ट गर्नुहोस्