गुठीसम्बन्धी विधेयक फिर्ता

काठमाडौं, असार ४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले राष्ट्रियसभामा दर्ता भएको गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएका छन् ।

मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले राष्ट्रिय सभामा पेस भएको उक्त विधेयक फिर्ता लिएको निर्णय सार्वजनिक गर्नुभएको थियो । विधेयकको विरोधमा प्रदर्शन भइरहेका थिए । त्यस विधेयकलाई लिएर विभिन्न किसिमका भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरण बिथोल्ने कोसिस भएको भन्दै मन्त्री अर्यालले सम्बन्धित सरोकारवालासँग थप परामर्श गर्न आवश्यक देखिएको हुँदा विधेयक फिर्ता लिने निर्णय गरिएको स्पष्ट पारे ।

नेपालको संविधानको धारा २९० अनुसार गुठीको मूलभूत मान्यतामा प्रतिकूल असर नपर्ने गरी गुठी जग्गामा भोगाधिकार भइरहेका किसान एवं गुठीको अधिकारको सम्बन्धमा सङ्घीय संसद्ले कानुन बनाउने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्