अस्मिता अधिकारीको ‘तिम्रो मायाले बाधेर राख’ सार्बजनिक

काठमाडौं, असार ४ । रियालीटी शो नेपाल आइडलको थर्ड रनरअप अस्मिता अधिकारीको सुमधुर आवाज रहेको गीत ‘तिम्रो मायाले बाधेर राख’को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सुमधुर आवाजकी धनी गायिका अश्मिता अधिकारी अहिले चर्चामा रहेको गायिका हुन् । मोडल तथा निर्माता साइमन थापा र सरिता मिक्चनको अभिनय रहेको यस कभर म्युजिक भिडियोलाइ छायाँकार एलेन मगरले छायांकन गरेका हुन् भने लक्षु गौतमले निर्देशन गरेकी छिन । रवि मल्लको शब्द तथा बिराट कडरियाको संगीत रहेको यो गीत चर्चामा रहेको छ ।

कमेन्ट गर्नुहोस्