पत्रकारिता रचनात्मक हुनुपर्छः नगरप्रमुख

धनगढी, असार ३ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले पत्रकारिता पूर्वाग्रही भएर कसैलाई लखेट्ने भन्दा रचनात्मक हुनुपर्ने बताएका छन् ।

धनगढी उप–महानगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीको समन्वयमा संचालित आधारभूत पत्रकारीता तालिमको समापनमा बोल्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन । हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षघर ब्यक्ति हौं नगरप्रमुख वडले भने, ‘प्रेस स्वतन्त्रता बिनाको लोकतन्त्रको कल्पना गर्न सक्दैनौं । मिडिया कहिल्यै पनि पूर्वाग्रही बन्नु हुदैन नगरप्रमुख वडले भने, लोकतान्त्रिक विधीलाई स्वीकार गर्न नसकेर वा सहयोग नपाएका कारण भ्रामक समाचार बजाएर कसैलाई लखेट्नु हुदैन ।

याे पनि पढ्नुस  धनगढीमा पनि संविधान दिवसलार्इ 'कालाे दिन' घाेषणा

धनगढी उप–महानगरपालिकाबाट प्रवाह हुने सेवा तथा सम्पादन हुने कामको सधै निगरानी गर्न म पत्रकार साथीहरुसँग अनुरोध गर्दछु नगरप्रमुख वडले भने, हाम्रा गतिविधिहरु सबै खुला र पारदर्शि हुनुपर्छ । भ्रामक र झुटा समाचार गर्नेहरु कहिल्यै नटिक्ने दाबी गर्दै नगरप्रमुख वडले भने, यस्ता मिडिया हाउसको विश्वसनीय गुम्दै गएको बताए ।

याे पनि पढ्नुस  धनगढीमा कुकुर शाखा

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य दिलबहादुर छत्यालले पत्रकारीता जहिल्यै सत्यतासँग नजिक हुने बताए । उनले पत्रकारिताले आफ्नो धर्म भूलेमा त्यो पित पत्रकारितामा परिणत हुने बताए । नेपाल पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष दिर्घराज उपाध्यायले पत्रकारीता क्षेत्रमा नयाँ पिँढीको प्रवेशका लागि यो तालिम महत्वपूर्ण भएको बताए ।

याे पनि पढ्नुस  अव्यवस्थित सवारी पार्किङले सडक दुर्घटनाको जोखिम बढ्यो

उप–महानगरले एक वडा एक पत्रकार उत्पादनका लागि गरेको सहयोगलाई सकारात्मक रुपमा लिनुपर्छ नेपाल पत्रकार महासंघ डोटीका पूर्व अध्यक्ष टेकेन्द्र देउवाले भने, ‘अहिले तालिम पाएकालाई दोश्रो पटक स्तरीय तालिम दिन सकिन्छ । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदले चाँडै अहिले नसमेटिएका वडाका यूवायूवतीलाई तालिममा समेटिने बताए ।

कमेन्ट गर्नुहोस्