तारागाउँ रिजेन्सी होटलका आन्दोलनरत मजदुरहरु काममा फर्किए

काठमाडौं, असार ४ । तारा गाउँ रिजेन्सी होटलमा कार्यरत मजदुरहरुले काममा फर्किने घोषणा गरेका छन्।

होटल मजदुरहरुलाई श्रम तथा रोजगार कार्यालय बागमितले काममा फर्किन आदेश दिएपछि मजदुरहरु आन्दोलन स्थगित गरी काममा फर्किएका हुन् ।

मजदुर अखिल नेपाल होटल तथा रेष्टुरा मजदुर युनियनका अध्यक्ष मुक्ति दाहालले श्रम तथा रोजगार कार्यालय, बागमतिले आदेश दिएपछि आफुहरु काममा फर्किएको तर मागहरु यथावत रहेको मेरो लगानीलाई बताए ।

श्रम तथा रोजगार कार्यालय बागमतिले मंगलबार ब्यवस्थापन र मजदुर दुबै पक्षलाई पत्र लेखेर वार्तामा बोलाएको थियो ।

मजदुरहरुले आफ्ना सेवा सुविधाका माग राखी आन्दोलन शुरु गरेपछि व्यवस्थापनले नेप्सेलाई पत्र लेखेर होटल बन्द गरिएको सूचना गरेको थियो । ६ दिनदेखि होटल बन्द हुनुका साथै अन्तर्राष्ट्रिय बुकिङ समेत रद्ध गरिएका छन् । ब्यवस्थापनले होटल खोल्नेबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

कमेन्ट गर्नुहोस्