भारतसँग हारेपछि पाकिस्तानी टीममाथि प्रतिबन्ध लगाउन माग गर्दै अदालतमा मुद्दा दायर

काठमाडौं, असार ४ । इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेटमा भारतसँग हार बेहोरेपछि पाकिस्तानी खेलाडीहरुको चर्को आलोचना शुरु भएको छ । यही आलोचनाबीच एकजना प्रशंसकले पन्जाब प्रान्तको गुजरांवाल सिभिल कोर्टमा क्रिकेट टीमलाई प्रतिबन्ध लगाउन माग गर्दै मुद्दा दर्ता गरेका छन् ।

यति मात्रै नभएर छनौट समितिलाई समेत कार्वाही गर्न माग गरिएको छ । अदालतले रिटमाथि जवाफ दिन पाकिस्तान क्रिकेट बोर्डका अधिकारीहरुलाई आदेश जारी गरेको छ ।

मुद्दा दायर गर्ने व्यक्तिको नाम भने खुलाइएको छैन । पाकिस्तानी मिडियामा प्रकाशित समाचार अनुसार, पाकिस्तान क्रिकेट बोर्डको बुधबार बैठक बसेर टीम व्यवस्थापनका बारेमा छलफल भएको थियो । कतिपयले टीम प्रबन्धक तलत अली र बलर कोच अजहर महमूदसमेत सिंगो छनौट समितिलाई बर्खास्त गर्न सकिने बताएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्