मोदी राज फर्केसँगै भारतीय क्रिकेट टीमको जर्सी पनि जोगी रङ्गको हुने

लण्डन । जारी विश्वकप क्रिकेटमा भारतीय टीमको प्रदर्शन सुखद देखिएको छ । यो अवस्थामा भारतले टीममा कुनै परिवर्तन गर्ने देखिन्न । तर भारतले एउटा महत्वपूर्ण परिवर्तन भने गर्न गइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो परिवर्तन हुनेछ भारतीय टीमको जर्सीमा ।

इग्ल्याण्ड र अफगानिस्तानसँग हुने खेलमा भारतीय टीम जोगी रङ्गको जर्सीले सजिनेछ । कतिपयले गत २३ मईपछि भारतीय जनता पार्टीको बहुमतसँगै देशभरी हिन्दुवादको लहर जागेकोले त्यसको प्रतिबिम्ब क्रिकेटमा पनि परेको बताइरहेका छन् । जारी विश्वकप २०१९ मा भाग लिइरहेका १० टीममा नीलो रङ्गको जर्सी भएका ४ टीम छन् ।

कमेन्ट गर्नुहोस्