क्रिकेटमा अनौठो रेकर्ड, ६ रनमै अल आउट !

काठमाडौं ।  रुवाण्डाको राजधानी किगलीमा भइरहेको क्वीबुका महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा अचम्मको रेकर्ड बनेको छ। घरेलु टोलीविरुद्ध ब्याटिङ गरेको मालीको महिला क्रिकेट टोलीले जम्मा ६ रन बनाएपछि महिला क्रिकेटमा न्युन स्कोरको रेकर्ड बनेको हो ।

यस अघि यो रेकर्ड चीनको नाममा थियो। थाइल्याण्डमा गत बर्ष सम्पन्न टि–टवान्टी स्म्यास महिला क्रिकेटमा चीन १४ रनमा अलआउट भएको थियो। युएईले दिएको २ सय ४ रनको लक्ष्य पच्छयाएको चीन १४ रनमै समेटिएको थियो।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

 

कमेन्ट गर्नुहोस्