विश्वकप क्रिकेटः ५५ रन बनाउँदै आउट भए अमला

काठमाडौं, असार ४ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत न्यूजिल्याण्ड विरुद्धको खेलमा दक्षिण अफ्रिकाका ओपनर हसिम अमला ५५ रन बनाउँदै आउट भएका छन् । उनीसँगै द. अफ्रिकाले तेस्रो विकेट गुमाएको छ । अमलाले ४ चौकाको मद्दतमा ८३ बलमा ५५ रन बनाए । जारी विश्वकपमा उनको यो पहिलो अर्धशतक हो । अमलालाई मिचेल सान्टनरले आउट गरे ।

टस हारेर ब्याटिङको मौका पाएको दक्षिण अफ्रिकाको सुरुवात आज पनि खराब रह्यो । उसले दोस्रो ओभरको पाँचौं बलमा क्विन्टन डि ककलाई ५ रनमा गुमायो । यस्तै, दोस्रो विकेटका रुपमा अफ्रिकाले कप्तान फाफ डुप्लेसीसलाई २३ रनमा गुमाउन पुग्यो ।

कमेन्ट गर्नुहोस्