त्रिविका सहायक डिन ५० हजार घुससहित रंगेहात पक्राउ

काठमाडौं, असार ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डिन प्रा. डा. शम्भुप्रसाद पटेललाई ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ। नवीकरण भइसकेको मध्य बानेश्वरस्थित एम्बिसन कलेजको सम्बन्धनको नवीकरण गरिदिएकोमा धम्क्याएर, त्रासमा पारेर ५० हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले बुधबार साँझ कीर्तिपुरको ट्याङलाफाटबाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले नेपाल आजलाई जानकारी दिए ।

घुस काण्डमा विश्वविद्यालयबाट पक्राउ गरिएका पटेल अहिलेसम्मकै उच्च अधिकारी हुन्। एम्बिसन एकेडेमीका संस्थापक प्राचार्य विष्णुकुमार घिमिरेले नवीकरण भैसकेको आफूहरुको कलेजको फाइललाई लिएर विभिन्न धम्की दिने, त्रास देखाउने गरेर घुस मागिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्