विश्वक क्रिकेटः दक्षिण अफ्रिकाद्वारा न्यूजिल्याण्डलाई मध्यम लक्ष्य

काठमाडौं, असार ४ । इंग्ल्याण्ड र वेल्समा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई २४२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको द. अफ्रिकाले निर्धारि ४९ ओभरमा ५ विकेट गुमाएर २४१ रन बनायो ।

उसका लागि रस्सि भान डर दुसेनले नट आउट ६७, हशिम अमलाले ५५, एडन मार्कमले ३८, डेभिड मिलरले ३६, कप्तान फाफ डुप्लेसीसीले २३, क्विन्टन डि ककले ५ र क्रिस मोरिसले नट आउट ६ रन बनाए । बलिङमा लकि फग्र्युसनले ३, मिचेल सान्टर, कोलिन डि ग्राण्डहोम र ट्रेन्ट बोल्टले एक–एक विकेट लिए ।  वर्षाका कारण ढिलो गरि टस भएको खेल ४९ ओभरमा झारिएको छ । दक्षिण अफ्रिकालाई आजको खेल जित्नैपर्ने दबाब छ । यदि उसले यो खेल हारेमा आगामी बाटो बन्द जस्तै हुनेछ ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

गत संस्करणमा न्यूजिल्याण्डसँग पराजित भएपछि दक्षिण अफ्रिका सेमिफाइनलबाट घर फर्किएको थियो । पछिल्लो खेलमा अफगानिस्तानविरुद्ध ९ विकेटले विजयी भएपछि दक्षिण अफ्रिका लयमा फर्किएको देखिन्छ ।  तर, शानदार प्रदर्शन गरिरहेको न्यूजिल्याण्डविरुद्ध जीत हासिल गर्न भने दक्षिण अफ्रिकालाई ठूलो चुनौती छ । तालिकामा न्यूजिल्याण्ड ७ अंकका साथ तेस्रो र दक्षिण अफ्रिका ३ अंक बटुल्दै आठौं स्थानमा छ ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

कमेन्ट गर्नुहोस्