ह्वात्तै बढ्यो सुनको भाऊ, यस्तो छ मूल्यसूची

काठमाडौं, असार ५ । साताको पाँचौं दिन बिहीबार बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला सुनको मूल्य ६३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला सुनको मूल्य ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, बुधबार तेजावी सुनको मूल्य ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला सुनको मूल्य ६३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बिहीबार बजारमा चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

बुधबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज बढेर चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्