असार लागेसँगै कृषकलाई गहुँ टिप्न चटारो

सिमकोट असार ५ । असार लागेसंगै किसानहरुलाई गहुँ टिप्न चटारो सुरु भएको छ ।

गत मंसीरमा छरेको गहुँ पाकेपछि खार्पुनाथ पाँचका किसानहरुलाई गहुँ टिप्न चटारो सुरु भएको हो ।

पाँच रोपनी जग्गामा गहुँ लगाउनु भएकी खार्पुनाथ पाँचकी धुना शाहीले हिजोआज गहुँ टिप्ने चटारो सुरु भएको बताए । सिचाईको सुविधा भएको कारण गहुँ बाली राम्रो फलेकोले उत्पादन राम्रो हुने उनले बताए । उनीसहित तीन जना महिलाले हातैले गहुँ टिप्न सुरु गरेको बताउदै बाला पनि खँदिलो भएकोले टिप्न पनि रहर लाग्ने उनले बताए ।

यसपाली तीनदेखि चार क्वीन्टल गहुँ फल्ने उनले बताए । यतिखेर महिलाहरुलाई बिहान ६ बजेबाट बेलुका ७ बजेसम्म गहुँ टिप्ने चटारोले अन्य काम गर्न फुर्सद नै नभएको सोही वडाकी मुना शाहीले बताए । तीन रोपनी जग्गामा गहुँ लगाउनु भएकी शाहीले यसपाली गहुँको उत्पादन राम्रो हुने बताउदै महिलालाई फुर्सद नै नभएको उनले बताए। भारी बोक्ने काम भने पुरुषले गर्ने गरेको उनले बताए ।

सिंचाई सुविधा भएको कारण उक्त जग्गामा गहुँ बाली राम्रो सप्रेको र यस लगत्तै धान खेती गरिने स्थानीय गोर्ख शाहीले बताए । ८५ घरधुरीको जग्गामा गहुँ खेती, रिप, उनापानी, ती लगाएको सबै उत्पादन राम्रो भएको शाहीले बताए । हुम्ला जिल्लाका धारापोरी, ग्याग्रु, नल्न, छिप्रा, दुल्ली मुण्डी, साँया, पिप्लाङ, मकै, तुम्च लगाएतका डेढ दर्जन स्थानमा गहुँ खेती पाकेकोले किसानलाई गहुँ भित्र्याउने चटारो भएको छ । यीमध्ये अधिकांस क्षेत्रमा सिचाईको सुविधा छ भने केहीमा छैन ।

कमेन्ट गर्नुहोस्