वाणिज्य बैंक पुग्न २८ स्थानीय तहमात्रै बाँकी

काठमाडौं, असार ५ । नेपाल सरकारले सबै स्थानीय तहमा कम्तीमा पनि एक वाणिज्य बैंक पुर्याउने नीति लिएसँगै बैंकिङ पहुँच विस्तार पनि तीव्रगतिमा भएको छ।

गत वैशाखा मसान्तसम्मको तथ्यांकलाई हेर्दा अब २८ वटा स्थानीय तहमा मात्रै वाणिज्य बैंक पुग्न बाँकी रहेका छन् । ७५३ मध्ये वैशाख मसान्तसम्मा ७२५ वटा स्थानीय तहमा वाणिज्य बैंकले शाखा खोलिसकेका छन् भने बाँकीमा पनि खोल्ने क्रममा रहेका छन् ।

प्रदेश ५ का सबै स्थानीय तहमा वाणिज्य बैंक पुगिसकेका छन् । प्रदेश १ को ३ वटा स्थानीय तहमा वाणिज्य बैंक पुगेका छैनन् भने प्रदेश २, ३ र गण्डकीको २।२, कर्णाली प्रदेशको १२ र सुदूरपश्चिम प्रदेशको ७ वटा स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्