विप्लव समूह र प्रहरीबीच भिडन्त, जिल्ला इन्चार्जको मृत्यु

काठमाडौं, असार ५ । सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

प्रहरीका अनुसार मारिनेमा कुमार पौडेल रहेका छन् । पौडेल ‘विप्लव’ समूहको सर्लाही जिल्ला इन्चार्ज रहेको प्रदेश २ प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले बताए । घटनास्थलमा जिल्लाबाट प्रहरी टोली गएको र थप विवरण आउन बाँकी रहेको उनको भनाइ छ । पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले बताएको छ । अन्य तीनजना भने भागेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्