विश्वकपः अष्ट्रेलियाले टस जित्यो, टिममा काे–कोले पाए स्थान?

काठमाडौं, असार ५ । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध पाँच पटकको विश्व विजेता अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाी समयअनुसार दिउँसो ३ः१५ बजेदेखि नटिङ्घमा सुरु हुँदैछ । बंगलादेशले दक्षिण अफ्रिका र वेष्ट इन्डिजविरुद्ध जीत हासिल गर्दा न्यूजिल्यान्ड र इंग्ल्यान्डसँग भने पराजय बेहोरेको छ ।

यता, पाँच पटकको विश्व विजेता अष्ट्रेलियाले आफूले खेलेको पाँच खेलमध्ये ४ मा जीत र एक खेलमा हार ब्यहोर्दै ८ अंक बनाएको छ । अफगानिस्तान, वेष्ट इन्डिज, श्रीलंका र पाकिस्तानलाई पराजित गरेको अष्ट्रेलिया भारतसँग भने हारेको थियो ।

अष्ट्रेलियाको प्लेइङ–११ः आरोन फिन्च (कप्तान), स्टिभ स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्सवेल, उस्मान ख्वाजा, मिचेल स्टार्क, एलेक्स क्यारी, नाथन कल्टर–नाइल, प्याट कम्मिन्स, मार्कस स्टोइनिस र एडम जम्पा ।

बंगलादेशको प्लेइङ–११ः मसरुफे मुर्तुजा (कप्तान), शाकिव अल हसन, मुस्फिकुर रहिम, महमुदुल्लाह, सौम्य सरकार, तमिम इग्बाल, लिटोन दास, मेहिदी हसन मिराज, मुस्तफिजुर रहमान, रुबेल हुसेन र सब्बीर रहमान

कमेन्ट गर्नुहोस्